डिजेल र मट्टितेलको मुल्य १ रुपैयाँले घट्यो, हवाई इन्धनको मूल्य बढ्यो

दक्ष खबर 15672+ समाचार ( )
१४ मंसिर २०८२, आइतबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।

यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको छ ।

निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार