त्यस्तै खड्ग जात्रामा हातमा खड्ग लिइ लाखे सहित नगर परिक्रमा गर्ने प्रचलन रहि आएकाे छ र याे जात्रा पाशुपत क्षेत्रमा मात्रै हुने गरेकाे छ । साेहि दिन अन्य स्थानहरूमा रोपाइँ जात्रा मनाइन्छ ।
त्यस्तै, तेस्राे दिन रोपाइँ जात्रा मनाउने प्रचलन रहिँ आएकाे छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा मानिसको घुइँचो हुने गरेको छ ।
यस दिन लोग्ने मानिस एवं केटाकेटीले देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरीका कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले बताउनुभयाे ।
घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ ।