काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ ।
आज बिहान सिमराबाट हवाइ उडानमार्फत काठमाडौँ विमानस्थल पुर्याइएको लामिछानेलाई बुद्ध एयरको जहाजमा फेरी पोखरा पठाइएको हो ।
रविलाई पोखराबाट बयानका लागि सोमबार वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर पर्सा प्रहरीले उनलाई आज पोखरा प्रहरीको हिरासतमा फिर्ता पठाएको हो ।