काठमाडौं । नेपाल कांग्रेसको १५औँ महाधिवेशनमा आँसु फुयाँल सिन्धुपाल्चोक क्षेत्र नं. २ (ख) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उठ्ने भएका छन् । युवा राजनीतिमा सक्रिय फुयाँल विद्यार्थी राजनितीमा पनि सक्रिय रहेका छन् । उनले कान्तिपुर क्याम्पसमा स्ववियु सभापति (२०७९–२०८१) को जिम्मेवारी सम्हाली सकेका छन् ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ (ख) बाट युवा आँसु फुयाँल ‘कुशल’ विद्यार्थी राजनीतिबाट नेतृत्वमा स्थापित हुँदै अघि बढिरहेका छन्। फुयाँलले कान्तिपुर क्याम्पसमा २०७९ देखि २०८१ सम्म स्ववियु सभापतिको जिम्मेवारी सम्हालेका थिए।
विद्यार्थी राजनीतिमा नेतृत्वको अनुभव हासिल गरेका उनले युवा पुस्ताको राजनीतिक सहभागिता, संगठन निर्माण तथा नेतृत्व विकासका विषयलाई आफ्नो राजनीतिक यात्राको प्राथमिकतासँग जोड्दै आएका छन्।
विद्यार्थी नेतृत्वबाट प्राप्त अनुभवलाई मूल राजनीतिमा समेत उपयोग गर्दै फुयाँलले युवाको सहभागिता र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिँदै आएका छन्।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ (ख) का प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका फुयाँलको राजनीतिक परिचय युवा पुस्ताको प्रतिनिधित्वसँग जोडिएको छ। विद्यार्थी राजनीतिबाट प्राप्त नेतृत्व अनुभव र संगठनात्मक भूमिकाका आधारमा उनी स्थानीय तथा प्रदेश तहको राजनीतिमा युवा सहभागिताको आवाजका रूपमा अघि बढिरहेका छन्।