काठमाडौँ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश रहेको बताउनुभएको छ ।
मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले भन्नुभयो, ‘लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रह्यो ।
महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमूना उद्यम कार्यक्रमबाट सहभागीहरुले १ लाख ३० हजार रुपैयाँसम्मको व्यापार गरेको खवर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठूलो उपलब्धि हो ।’