काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएकाे छ ।
मंगलबार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएकाे हाे ।
साथै, उहाँले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउँदै सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।