सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

दक्ष खबर 16505+ समाचार ( )
१२ वैशाख २०८३, आइतबार

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे । 

उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’  उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए । 

‘माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन् ।  साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार