काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को चौथो अधिवेशन सम्पन्न भएको छ ।
सुकेधारास्थित युनिभर्सल रिसेप्सनमा आयोजित समारोह बीच सम्पन्न अधिवेशनले आगामी वर्ष २०२६/२७ काे लागि नयाँ नेतृत्व चयन गरेको हो ।
गभर्नरमा लायन्स श्याम कुमार यादव, फष्ट भाइस ड्रिस्ट्रिक गभर्नरमा लायन्स विमल कुमार श्रेष्ठ र सेकेन्ड भाइस ड्रिस्टिक गभर्नरमा लायन्स राजन श्रेष्ठ 'धरातल' चयन हुनुभएको छ ।
त्यस्तै, सचिवमा अजय खनाल र कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा चयन हुनु भएको छ । उहाँहरू लायन्स मार्फत विभिन्न सामाजिक सेवामा सक्रिय रहदैँ आउनुभएको छ ।