काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ को आयोजना हुने दोस्रो वडाअध्यक्ष कप फुटसल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । आगामी बैशाख १५ गतेबाट शुरूवात हुने फुटसल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको हो ।
जसमा ग्रप 'ए' र ग्रुप 'बी' गरि ६ वटा टीमहरू सहभागी रहेका छन् । ग्रप 'ए' मा गुरू मार्ग पशुपति, गौरीशंकर युवा क्लब र पशुपति सिर्जनशील युवा क्लब रहेको छ भने, ग्रुप 'बी' मा सन्ध्या पुस्तकालय, नवअमरकान्तेश्वर युवा समुह र जयवागेश्वरी युवा क्लब रहेको छ ।
सार्वजनिक खेल तालिका अनुसार ओपनिङ खेलमा ग्रुप 'ए' बाट गुरू मार्ग पशुपति र गौरीशंकर युवा क्लब बिच खेल हुने छ भने, साहि दिन ग्रुप 'बी' बाट जयवागेश्वरी युवा क्लब र सन्ध्या पुस्तकलय बिच खेल हुनेछ ।
त्यस्तै, बैशाख १६ गते, ग्रुप 'ए' बाट गुरू मार्ग पशुपति र पशुपति सिर्जनशील युवा क्लव बिच खेल हुनेछ । सोही दिन ग्रुप 'बी' बाट जयवागेश्वरी युवा क्लब र नवअमरकान्तेश्वर युवा समुह बिच खेल हुनेछ ।
त्यसैगरी, बैशाख १७ गते ग्रुप 'बी' बाट नवअमरकान्तेश्वर युवा क्लब र सन्ध्या पुस्तकालय बिच खेल हुने छ भने, ग्रुप 'ए' बाट गौरीशंकर युवा क्लब र पशुपति सिर्जनशील युवा क्लब बिच खेल हुनेछ ।
त्यसैगरी, बैशाख १८ गते सेमिफाइनल खेलमा ग्रुप 'ए' को बिजेता र ग्रुप 'बी' को उप विजेता बिच प्रतिस्पर्धा हुने छ भने, सोही दिन ग्रुप 'बी' को विजेता र ग्रुप 'ए' को उप विजेता बिच प्रतिस्पर्धा हुनेछ । लिक नगआउट शैलीमा खेलाइने खेलको विजेताले ट्रफी मेडल र पुरस्कार राशी प्राप्त गर्नेछन् ।