
परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताउनुभयो । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उहाँको भनाइ थियो ।
रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भन्नुभयो, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छाँै तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।” तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।
कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहले गर्दछन् ।
विषेशगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् ।
सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।
जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गँँउपालिकामा गरी करिव एक सय को संख्यामा उनीहरुको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बासोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउदै आइरहेका छन् ।