काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका गाडीहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले लोगो टाँसेको छ ।
त्रिविका पदाधिकारी तथा शाखा प्रमुखहरूले लोगो नराखी चलाएका गाडीमा स्वतन्त्र विद्यार्थी युनियनले लोगो टाँस्ने अभियान चलाएको हो ।
‘सरकारी गाडीहरु निजी जस्तो चलाउनु ठिक नभएको’, त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले बताउनुभयो ।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक भागबन्डा र सेवामा ढिलासुस्ती अन्त्य मागसहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा रहेको छ।
स्ववियुले बितेका १५ दिनदेखि विश्वविद्यालय सुधारका लागि विभिन्न शैलीमा आन्दोलन गरिरहेको छ।