नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

दक्ष खबर 16507+ समाचार ( )
९ पौष २०८२, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।

आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ । थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार