सेन्ट लरेन्स कलेजमा 'विद्यालयमा परिष्कृत संस्कार' विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

दक्ष खबर 15660+ समाचार ( )
१ मंसिर २०८०, आइतबार


काठमाडौँ ।  काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुल तथा कलेजको सहकार्यमा दोस्रो कार्यशाला 'विद्यालयमा परिष्कृत संस्कार' विषयक   प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

सेन्ट लरेन्स कलेजमा आयोजित एक कार्यक्रमका बिच 'विद्यालयमा परिष्कृत संस्कार' विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षक विद्यार्थी बिचको मनोविज्ञान र संवेगात्मक भावना एकअर्कामा कसरी अन्तर्निहित रहेका हुन्छन भन्ने शिक्षण प्रक्रियामा आफ्नो भूमिका कसरी पहिल्याउने, अमूर्त आवश्यकताहरूलाई कसरी चिन्ने र पुरा गर्ने भन्ने विषय बारे कार्यशालामा विमर्श गरिएको थियो । 


सेन्ट लरेन्सका प्रेन्सिपल पुरूषोत्तम महर्जनले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुल तथा कलेजको सहकार्यमा दोस्रो कार्यशाला 'विद्यालयमा परिष्कृत संस्कार' विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभएको । 

उहाँले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय सँग सेन्ट लरेन्सले सहकार्य गरे अनुसार विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

कार्यशालाको सहजीकरण काठमाडौँ विश्वविद्यालयका डा.पार्वती ढुङ्गानाले गर्नुभएको थियो भने सञ्चालन काठमाडौँ विश्वविद्यालयका डा.सुरेश गौतमले गर्नु भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार