आशामान संगतकाे पहलमा काठमाडौँ महानगरपालिकाका ७५ वर्षमाथिका वृद्धवृद्धाले पोषण भत्ता पाउने

दक्ष खबर 16583+ समाचार ( )
२० माघ २०८०, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिदैँ आएको उपचार सहितको पोषण भत्तालाई निरन्तरता दिने भएको छ । 

अघिल्लो आर्थिक वर्षमा कटौती गरिएको पोषण भत्ता बराबरको १२००० हजार रूपैयाँ रकम काठमाडौँ महानगरपालिकाले पुनः कार्यविधि परिमार्जनसहित यसलाई निरन्तरता दिएको भएको हो । 

काठमाडौँ महानगरपालिकाले रोकेको पोषणभत्ताको विषयमा गत माघ ३ गते बसेको काठमाडौँ महानगरपालिकाको नगर परिसद् बैठकमा काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन विभाग संयोजक एवं  कामपा ८ का वठाअध्यक्ष आशामान संगतले यसलाई निरन्तर दिन पटकपटक पहलकदमी सहित आवाज उठाउनुभएको थियो ।

त्यसैको कार्यान्वयन स्वरूप काठमाडौँ महानगरपालिकाको नगर परिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै आगामी महिनाबाटै संसोधनसहित ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई उपचारका लागि पोषणभत्ता उपलब्ध गराउँने कार्यविधि पास भएको हो ।  

गत माघ ३ गते बसेको बैठकको निर्णयलाई सुनुवाइ गर्दै काठमाडौँ महानगरपालिकाले उक्त निर्णयलाई अगाडि बढाएको वडा ८ का वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले २०८९/८० को बजेटमा नराखेको शिर्षकलाई पुनः निरन्तरतासहित  संशोधन गरेर अगाडि बढाएको प्रस्तावलाई  महानगरपालिकाले सुनुवाइ गरेको हो । 

उक्त रकम काठमाडौँ महानगरपालिकाका प्रमाणित व्यक्तिहरूलाई मात्र उपलब्ध हुने र पूर्ण अपाङ्गता भएका क वर्गकमा व्यक्तिहरूलाई उक्त रकम उपलब्ध गराइने वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले बजेटबाट कटौती गरेको पोषण भत्तालाई पुन: वितरण गर्ने भएपछि वृद्धवृद्धाहरू असारमसान्तसम्म ७५ वर्ष उमेर पुगेकाे नागरिकताको प्रमाणपत्र तथा मतदाता परिचय पत्रको प्रतिलिपी र बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ भने, पेन्सन लिइरहेका व्यक्तिहरूले उक्त सुविधा नपाउने वडाले जनाएको छ । कामपा ८ का वडाअध्यक्ष आशामान संगत नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार