काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा लुम्बिनी एकेडेमीले उत्कृष्ट नतिजा हासिँल गरेकाे छ । यस वर्षकाे परीक्षामा लुम्बिनीका अनीषा खड्का र अमन कुमार सिंहले विज्ञान संकायमा ३.९६ जीपिए सहित नेपाल टप गरेका हुन् ।
कलेजका क्याम्पस प्रमुख रबिन भट्टराईले विद्यार्थीहरूलाई सफलताकाे शुभकामना ब्यक्त गर्दै, लगभग १५ वर्षअघि सहायक शिक्षकका देखी कलेजको शैक्षिक नेतृत्व गरिरहेका यात्रा प्रस्तुत गर्नुभयाे ।
भट्टराईले, “मैले आफ्नो लक्ष्य सधैं यो कलेजलाई शैक्षिक क्षेत्रमा नम्बर १ बनाउने रहेको बताउदैँ अनेकौं संघर्ष, निरन्तर परिश्रम, समर्पण, र समयको परीक्षा पार गर्दै आज यो क्षण आएको बताउनुभयाे ।” उहाँले, “ याे ऐतिहासिक उपलब्धि आफ्नो जीवनको अभिन्न हिस्सा रहेकाेले सम्पूर्ण कलेज परिवार, सहकर्मीहरू, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरूको ठूलो योगदान रहेको बताउनुभयाे ।”
कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा ३.९६ जीपिए ल्याउने दुईजना विद्यार्थीसहित अन्य थुप्रै विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएकाे बताएकाे छ । जसमन नजुस गौतमले ३.९२, बिनीशा थापा मगरले ३.८६, सबीना धितालले ३.८६, निमा पासाङ तामाङले ३.८५, बिप्लभ थापाले ३.८२ र सालीन थापाले ३.८२ जीपिए प्राप्त गरेका छन् ।
कलेजले स्नातक तहका लागी बीबीएम्, बीबीएस् र बीसीए जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।