काठमाडौँ । गोकर्णेश्वर युवा उपकार क्लबले आयोजना गरेको अन्तर सदस्यीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ग्रुप “ए” बाट दावा शेर्पा र सनी लामाको टिम प्रथम भएका छन् भने र ग्रुप बी बाट राजु लामा र रेन्जि शेर्पाको टिम प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम हुने ग्रुप “ए” र “बी” ले ८–८ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी, ग्रुप “ए” बाट निरोज लामा र कुल्साङ लामा र “बी” बाट सिताराम घिमिरे र डिल्ली राईको टिम दोश्रो भएको छ । दोश्रो हुनेले ६–६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी, ग्रुप “ए” बाट प्रमोद डाँगी र हेमराम राई तथा मोहन कृष्ण श्रेष्ठ र सुमन श्रेष्ठको टिम तेस्रो भएको छ । त्यसैगरी, ग्रुप “बी” बाट केबल मगर र धर्म शरण श्रेष्ठ तथा लक्ष्मी कुमार श्रेष्ठ र टासी शेर्पाको टिम तेश्रो भएको छ । तेस्रो बनेको ग्रुप “ए” र “बी” को टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका क्लबका कोषाध्यक्ष तथा खेलकुद समितिका संयोजक हरिदास श्रेष्ठले बौद्ध खबरलाई जानकारी दिनु भयो ।
प्रतियोगिताको समापन समारोह क्लबका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्व तथा नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यता तथा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, गोनपा ६ का वडा अध्यक्ष नवराज लामा र नगर युवा तथा खेलकुद समितिका अध्यक्ष सञ्जय लामाको आतिथ्यता रहेको थियो ।
समापन समारोहलाई नगर प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष जयराम महत, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सम्वोधन गर्नु भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य सहसचिव देविका राजोपाध्यायले र कार्यक्रम समापन तथा धन्यवाद ज्ञापन उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन सचिव राजकुमार श्रेष्ठले गर्नु भएको थियो । प्रतियोगिता भगवति युवा क्लबको व्याटमिण्टन हलमा पुस २५ गते देखि २७ गतेसम्म भएको थियो ।