नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताद्वारा धनुषामा राजेन्द्र लिङ्देनको पुतला दहन (तस्विरसहित)

दक्ष खबर 16518+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन् ।

हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुतलासमेत जलाएका हुन् ।

लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफि नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार