मन्त्रालय मातहतका सबै कार्यक्रम होटेल तथा रिर्सोटमा गर्न नपाइने, कार्यालय भित्रकै संरचनामा गर्नुपर्ने 

दक्ष खबर 16514+ समाचार ( )
१३ वैशाख २०८३, सोमबार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज  सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग  तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । 

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ । 

मन्त्रालयले गरेको परिपत्र यस्तो छः


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार