आफ्नो निर्वाचन क्षेत्रका लागि सुझाव संकलन गर्दै प्रदीप पौडेल

दक्ष खबर 16456+ समाचार ( )
१७ पौष २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव संकलन थालेका छन् । महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् । ‘आगामी पाँच वर्षका लागि काठमाडौँ ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।

नेता पौडेलले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको बताए । ‘यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ,’उनले भने, ‘यसपालि आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।’ नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेरसमेत सुझाव संकलन गरिरहेका छन् ।

विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरुको प्रतिक्रियाका आधारमा आगामी योजनासमेत सार्वजनिक गर्ने तयारी भैरहेको उनको सचिवालयले जनाएको छ ।

पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागिसमेत विषय विज्ञहरुबाट सुझाव संकलन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार