अन्तरपालिका स्तरीय फुटसलको उपाधि मेलम्चीलाई

दक्ष खबर 15672+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

नेकपा एमाले सिन्धुपाल्चोक  काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर दुई द्वारा आयोजित अन्तरपालिका स्तरीय फुटसल  प्रतियोगिता मेलम्चीले उचालेको छ । 

काठमाडौँ स्थित मनकामना फुटसलमा आज भएको फाइनल खेलमा सुनकोसी गाउँपालिका लाई २ –१ ले हराउँदै मेलम्चीले उपाधि चुमेको हो ।   प्रतियोगिताका उपाधि विजेता मेलम्ची नगरपालिकाले नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको सुनकोसी गाउँपालिकाले नगद १५  हजार सहित साथमा  मेडल र प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै तेस्रो स्थान हाँसिल गरेको पाँच पोखरी थाङ्पाल गाउँपालिकाले नगद १० हजार सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।   

प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि मेलम्चीका रमेश तामाङ , उत्कृष्ट खेलाडीको उपाधि मेलम्चीकै सुमन तामाङ , उत्कृष्ट गोलरक्षकको उपाधि मेलम्चीकै रजन सिग्देलले  प्राप्त गरेका छन् ।   उनीहरूलाई जनही नगद दुई - दुई हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन ट्रफी प्रदान गरिएको आयोजक नेकपा एमाले सिन्धु काठमाडौँ सम्पर्क मञ्चका क्षेत्रीय सचिव आत्माराम सिग्देलले  जानकारी दिनुभयो । 

 

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्याल  सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत  पार्टी जिल्ला अध्यक्ष कमल नेपाल पार्टी जिल्ला उपाध्यक्ष एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान सम्पर्क समन्वय समिति सद्स्य सरोज गजुरेल सिन्धु काठमाडौँ सम्पर्क मञ्च का अध्यक्ष राजन आचार्य लगाएतले ले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

आज भएको उक्त  भएको प्रतियोगितामा जिल्लाका १२ ओटै पालिकाले सहभागी  जनाएको अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताका संयोजक एवम सिन्धु काठमाडौँ सम्पर्क मञ्चका उप सचिव राधा सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिताको सेमिफाइनलमा पाँच पोखरी थाङ्पाल गाउँपालिका लाई ३–१ गोल अन्तरले हराउँदै मेलम्ची नगरपालिका  फाइनल प्रवेश गरेको थियो  ।

आज  भएको अन्तरपालिका स्तरीय फुटसल  प्रतियोगिताको उद्घाटन पार्टी स्थायी कमिटी सद्स्य एवम पुर्व मन्त्री लाल बाबु पण्डित पार्टी स्थायी कमिटी सद्स्य एवम पुर्व मन्त्री शेर बहादुर तामाङ लगाएतले  गर्नुभएको अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको संयोजक सापकोटाले जानकारी दिनुभयो  ।   

सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले वडा दशै तिहार लगाएत विभिन्न अवसर पारेर   विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको  सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्च सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईका संयोजक पशुपतिनाथ तिमल्सिनाले जानकारी दिनुभयो   ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार