विनायक सिद्ध कलेजले छात्रवृत्ति परीक्षा लिदैँ : २५ जनालाई पूर्ण छात्रवृत्ति र ५० जनालाई आंशिक छात्रवृत्ति दिने

दक्ष खबर 6469+ समाचार ( )
२९ असार २०८०, शुक्रबार


काठमाडौँ ।  एसईई उतिर्ण भएर छात्रवृत्तिमा विनायक सिद्ध कलेज पढ्न चाहाने विद्यार्थीहरूका लागि कलेजले परीक्षा लिने भएको छ । 

चावहिलमा अवस्थित कलेजले आगामी असार ३० गते  शनिबार विहान ८ बजे  परीक्षा लिन लागेको बताएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीहरू एसईई उतिर्ण भई कक्षा ११/१२ विनायक सिद्ध कलेज पढ्न इच्छुक हुनु पर्ने बताइएको छ । 

परीक्षामा उतिर्ण २५ जना विद्यार्थीहरूलाई विभिन्न कोटा अन्तरगत रहेर पूर्ण छात्रवृत्ति दिने र ५० जना विद्यार्थीहरूलाई  विभिन्न कोटा अन्तरगत आंशिक छात्रवृत्ति दिने कलेजका कोअडिनेटर विनय सिंखडाले जानकारी दिनुभयो । 

उहाँले विनायक सिद्ध कलेज विद्यार्थीको रोजाइमा पर्दै आइरहेकाले उनिहरूको भविष्य निर्माणका लागि पनि आर्थिक अभावले पढ्ने अवसरबाट बञ्चित नहुन भन्ने हेतुले छात्रवृत्ति परीक्षाको आयोजना गरिएको र त्यसै अनुरूप विद्यार्थीहरूलाई कलेजको सहयोगमा पठनपाठन गराउने सिंखडाले जानकारी दिनुभएको । 

विनायक सिद्ध कलेज चावहिल क्षेत्रको लव्ध प्रतिष्ठित कलेज हो । यो कलेजले विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा र कानुन विषय पठनपाठन गराउँदै आइरहेको छ ।   


प्रतिक्रिया

Sweecha lama २९ असार २०८०, शुक्रबार

Science

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार