ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट 

दक्ष खबर 16544+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । 

उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन् ।उनले देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो बजेट सुखद रहेको बताइन् । ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिदै आएको अनुदान समेत कटौती भएको परिवेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन् ।   

उनले आगामी आर्थिक वर्षको चालु खर्चतर्फ रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको जानकारी दिइन् । यस वर्षको वजेटले समग्र वर्ग, भुगोल, जाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, वालवालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन् ।  

उनको अनुसार अघिल्लो वर्ष कुल खर्च ७ अर्व ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सो मध्ये चालु खर्चतर्फ रु २ अर्व ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ रु ४ अर्व ६७ करोड ९४ लाख २३ हजार विनियोजन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार