‘हराएकै’ सय वर्ष नाघेको ब्रह्मा मन्दिर उत्खनन गरेर पुनःनिर्माण सुरु, वडाअध्यक्षबाट आज शिलान्यास

दक्ष खबर 16457+ समाचार ( )
मन्दिरको प्राचीनताको लिखित दस्तावेज पाइएको छैन, यसको निर्माण छैटौँ शताव्दीमा भएको मानिन्छ : वडाअध्यक्ष, आशामान संगत
७ पौष २०८१, सोमबार
काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माणको शिलान्यास सम्पन्न भएको छ । वडा नं. ८ जय वागेश्वरी, गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा वडाध्यक्ष आशामान संगतले शिलान्यास गर्नुभएको हो । 

वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । 

‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएका हौँ ।’ संगतले जानकारी दिनुभयो । 



उहाँका अनुसार मन्दिरको मूर्ति वर्षौँदेखि गौशाला प्रहरी कार्यालयमा रहेकोले उल्लेख गर्दै प्रहरी कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको उल्लेख गर्नुभयो । 

सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण हुँदैछ । यसको लागत करिब १ करोड १५ लाख रुपैयाँ हो । आउँदो वर्षको साउन २६ भित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ । माटो, इटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ । मन्दिरमा शिरमा गजुर राखिनेछ । 

निर्माण कार्य गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघसंस्थाहरुसँगको समन्वय गरिनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार