शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री

दक्ष खबर 12266+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाउनुभएको हो । उहाँले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताउनुभयो ।

कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताउनुभयो । मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताउनुभयो । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मुल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ । यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो । शक्तिशाली राष्ट्रहरुले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ ।’

मन्त्री पाण्डेले शक्ति राष्ट्रहरुलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकतावद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताउनु भयो । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार