प्रधानमन्त्रीले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै 

दक्ष खबर 17388+ समाचार ( )
३१ आषाढ २०८३, बिहीबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् ।

केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता विस्तार तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ । 

छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् । 

बैठकमा महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच, उद्यममैत्री वातावरण निर्माण र महिला नेतृत्वको व्यवसाय प्रवद्र्धनका लागि आवश्यक नीतिगत पहलका विषयमा पनि सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार