अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल आउनुुहुदैँ

दक्ष खबर 16482+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार



काठमाडौँ । अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल आउनुुहुने भएको छ । उहाँ नेपाल पौडी संघको निमन्त्रणामा पौडी खेलको विकास र विस्तार गर्ने क्रममा नेपाल आउन लाग्नु भएको हो ।

नेपालको पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिन र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धित निकाय सँग छलफल गर्न उहाँ नेपाल आउन लाग्नु भएको हो ।

अध्यक्ष हुसेन आगामी कार्तिक २१ गते बिहान ८ बजे काठमाडौं आइपुग्ने जनाइएको छ । यसैगरी नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि नेपाल आउनुहुने भएको छ ।

यसै क्रममा नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) पनि भोली सोमबार नेपाल आउँदैछन् । उहाँहरू सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका रहेको छ ।

उहाँहरूले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने बताइएको छ ।

सो कार्यक्रममा नेपालका प्रमुख पौडीवाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार