काठमाडौँ । रास्वपा सांसद शिशिर खनालले अहिले दुइवटा राजनीतिक दलहरुले गम्भीर विषय उठाउँदा पनि संसद संचालन गरिएको आपत्ति जनाए ।
शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफूहरुले उठाएका माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दावी गरे ।
उनले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताए । उनले पार्टीको पाँचयस बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिंदै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिए ।
‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाब पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगाले प्रस्तुत हुने तयारीमा लागेका छौं,’ उनले भने ।