नित्यनाथ भवन (नासा छें)को नवनिर्मित भवनका लागि क्षमा पुजा सम्पन्न

दक्ष खबर 16456+ समाचार ( )
१४ मंसिर २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ नवाली टोलमा रहेको नित्यनाथ भवन (नासा छें) सन्ध्या पुस्तकालय रहेको भवन भत्काउनका लागि क्षमा पुजा गरिएको छ । लामो इतिहास रहेको नित्यनाथको भवन नयाँ बनाउनका लागि क्षमा पुजा गरिएको हो । 

क्षमा पुजा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, सन्ध्या पुस्तकालयका अध्यक्ष शिवकुमार संगत लगायतले विधिपूर्वक क्षमा पुजा गर्नुभएको हो । 

वडाअध्यक्ष आशामान संगतले," करिब २ करोड २५ लाख लागतमा १ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी परम्परागत शैलीमा नवनिर्मित भवन निर्माणका लागि अहिले रहेको भवन भत्काउन लागिएको बताउनुभयो । "

उहाँले, परापूर्वकालमा मन्दिर शैलीको भवन रहेपनि १९९० सालको भुकम्पले क्षति पु-याएको र पछि मर्मत सम्भार गर्दै बनाइएको भवनलाई मन्दिर शैलीको नयाँ भवन बनाउनका लागि भत्काउन लागिएको बताउनुभयो । 

त्यस्तै, सन्ध्या पुस्तकालयका अध्यक्ष शिव कुमार संगतले, " हालको भवनलाई भत्काएर नयाँ परम्परागत शैलीको भगवान नित्यनाथको मन्दिरको क्षमा पुजा सहित भत्काउने कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले, स्थानीय जात्रा पर्व, संस्कृति र इतिहासलाई कायम गर्दै आएको यस मन्दिरकै भवनबाट सन्ध्या पुस्तकालय पनि सञ्चालन रहदैँ आईरहेको बताउनुभयो । 

लामो समयदेखि भवन अभावले गुज्रिएको उक्त परिसरलाई काठमाडौं महानगरपालिकाले नवनिर्मित भवन बनाउन लागेको हो । काठमाडौँ महानगरपालिका वडा ८ ले जात्रा पर्व, संस्कृति, बाजागाजा, पाटी पौवा लगायतका विभिन्न पुरातात्त्विक बस्तुहरूको संरक्षण गर्दै आईरहेको  छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार