प्रचण्डप्रति ओलीको कटाक्ष : सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो

दक्ष खबर 15660+ समाचार ( )
१८ पौष २०८१, शुक्रबार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको वन्ध्याकरण भएको बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उहाँले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताउनु भयो । उहाँले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं । आज म, जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु । सरकारमा आएपछि हाम्रो दोस्रो प्राथमिकता थियो– नीतिगत सुधार । यसका लागि सुधारका ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिइएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार