वक्स अफिस अवार्डस् २०८२ सम्पन्न 

दक्ष खबर 16450+ समाचार ( )
१ वैशाख २०८३, बुधवार

काठमाडौँ । नेशनल वक्स अफिस अवार्डस् २०८२ भव्यताका साथ सम्पन्न भएको छ । चलचित्र तथा टेलिचलचित्रका विभिन्न विधामा उत्कृष्टता हाँसील गर्ने साथै कला क्षेत्रमा योगदान पुर्याउने कलाकर्मीहरुलाई सम्मानित गरिएको हो । 

वक्स अफिस इन्टरनेशनल ग़्रुपद्वारा आयोजित उक्त कार्यक्रम काठमाडौँको नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो। कलाकारहरूको सम्मान, सहयोग र कला क्षेत्रलाई सबल रूपमा आगाडि बढाउन वक्स अफिस इनटरनेशनल ग्रुपपले वर्षेंनी यो कार्यक्रम आयोजना गर्दै आएको छ। 


चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डि सी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र बजारको वार्षिक समीक्षा समेत गरिएको थियो । चलचित्र तथा टेलि चलचित्रका विभिन्न विधामा उत्कृष्टता हाँसील गर्ने कलाकारहरू नेशनल वक्स अफिस अवार्डद्वारा सम्मानित हुनुभएको छ ।

वेबसिरिज अवार्ड सम्मान, टेलिफिल्म अवार्ड सम्मान, म्यूजिक अवार्ड सम्मान, वक्स अफिस फिल्मफेयर अवार्ड  सम्मान, ब्लकबस्टर फिल्म अवार्ड सम्मान, सम्मानपत्र वितरण जस्ता सेसन कार्यक्रमका मुख्य आकर्षण रहेका थिए । 


अवार्ड कार्यक्रम भव्यरूपमा सम्पन्न गराउन तथा चलचित्र क्षेत्रको समीक्षा र वृद्धि विकासमा उत्कृष्ट भूमिका खेलेको भन्दै कलाकर्मीहरू वसन्त राज शर्मा, राजन अधिकारी, प्रमोद रइला, राजु चापागाई, रबी नेवा, युवराज अधिकारी लगायतका कलकर्मीहरू सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार