काठमाडौँ । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ ।
कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।