काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनीक गरेका हुन् ।
शर्माले नेपाली कांग्रेसले निर्वाचनमार्फत संसदीय लोकतान्त्रिक प्रणालीप्रति सबै दलबाट प्रकट भएको एक्यवद्ध निष्ठा देशको लोकतान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण बताए ।
शर्माले मुलुकको समुन्नतिका लागि अघि बढ्न प्राप्त जनादेश अनुरुप प्रमुख प्रतिपक्षीको रचनात्मक भुमिका निर्वाह गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए । शर्माले प्रतिकुलता चिरेर पार्टीलाई अनुकूलतामा पु-याउने कमान्ड छोडेर सभापति गगन थापाले पदत्याग गर्नु सङ्गठनप्रति न्याय नहुने बताए ।
निर्वाचन मार्फत संसदीय लोकतान्त्रिक प्रणालीप्रति सबै नेपाली र सबै दलबाट प्रकट भएको एक्यवद्ध निष्ठा देशको लोकतान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण छ । यो प्रणालीलाई थप समृद्ध बनाएर, यही मार्गबाट मुलुकको समुन्नतिका लागि अघि बढ्न प्राप्त जनादेश अनुरुप प्रमुख प्रतिपक्षीको रचनात्मक भुमिका निर्वाह गर्न नेपाली कांग्रेस प्रतिबद्धछ÷रहनेछ । पार्टीको विजयका लागि अहोरात्र मैदानमा खट्ने पार्टीको विभिन्न तहका साथीहरू र सामाजिक संजाल मार्फत अभियान चलाउने सबै आदरणीय साथीहरूको उर्जालाई केन्द्रीय कार्यसमितिको यो बैठक श्रद्धा र कदर गर्दछ । निरन्तर समाचार सम्प्रेषण गरेर आफ्नो दायित्व निर्वाह गर्ने मिडिया हाउसहरु र संचारकर्मी मित्रहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ ।
यस्तो हुनु संयोग मात्र होइन, यो निरन्तरताको गहिरो समिक्षा जरुरी छ । यो प्रारम्भिक प्रतिवेदनमा भने हामी प्रतिनिधिसभा निर्वाचन ०८२ को प्रारम्भिक टिपोट मार्फत प्रारम्भिक समिक्षामा मात्रै केन्द्रित रहनेछौं ।
बिशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता अनि पचासौं दिनमा निर्वाचन थियो । बिशेष महाधिवेशन मार्फतको परिवर्तनले पार्टीको ‘ग्रास रुट’ सम्म उर्जा भर्न सकियो÷उर्जा भरियो । तर परिवर्तनको त्यो सन्देश यो छोटो अवधिमा नागरिकको मन मस्तिष्कसम्म पु¥याउन सकिएन । लामो समयदेखिको नागरिक असन्तुष्टिलाई यो छोटो अवधिमा ‘यु टर्न’ गराएर विश्वासमा बदल्न सकिएन । बिशेष महाधिवेशनबाट पार्टीलाई उचाइमा उठाउन शुरु गरियो, तर समय पर्याप्त नहुँदा शिखर पुग्न सकिएन ।
कसैले पनि कुनै पनि कालखण्डमा कम्तिमा एक कार्यकाल पुरै नेतृत्व गरेपछि निर्वाचन सामना गर्दा गम्भीर पराजय हुन्छ भने पद त्यागको नैतिक दायित्व पनि गम्भीर रुपमै आकर्षित हुन्छ । तर डढेलो लागेको जंगलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसंगत बिल्कुलै हुँदैन ।
पराजयको गहिरो समीक्षा गर्दै पार्टी पंक्तिमा ढाडस, उर्जा र प्राण भर्ने बेला हो यो । अर्थात् यतिबेलाको सबैभन्दा प्रधान नैतिक दायित्व– परिस्थिति सम्हाल्ने दायित्व हो ।
फागुन २१ को निर्वाचनमा हामीले ब्यहोरेको पराजयका पछिल्तिर राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, सांगठनिक, प्राविधिक र अन्य विविध कारण छन् । देशव्यापी समिक्षा प्रतिवेदनहरु प्राप्त भए पश्चात् हामी वृहत् समिक्षामा पुग्नेछौं । त्यसरी वृहत् समिक्षा गर्दा हामीले दुई खण्ड छुट्याएर उपलब्धि र कमजोरी केलाउनु व्यवहारिक र तर्कसंगत हुन्छ ।
यी दुई समय समयखण्डको तुलनात्मक अध्ययन र विश्लेषणबाट हामी फागुन २१ को समग्र समिक्षात्मक विवरण प्राप्त गर्नेछौं । यो प्रारम्भिक समिक्षाले त्यस दिशामा केही प्रकाश पार्नेछ ।
१) परिमार्जनको प्रश्नमा गम्भीर नबन्नुको परिणाम
०७२ मा नयाँ संविधान बनेपछि, समग्रतामा नयाँ शैली र नयाँपनको अपेक्षा नागरिक पंक्तिमा थियो । तर राजनीतिमा र राजनैतिक दलहरूमा सोही अपेक्षा अनुरुप परिवर्तन र परिमार्जन गर्न हामीले सकेनौं । अझ स्पष्ट भन्नुपर्दा हामी परिमार्जनको प्रश्नमा गम्भीर नै भएनौं । फागुन २१ मा मुलधारका राजनैतिक दलहरूको पराजयको यो एउटा साझा कारण हो । यो यथार्थको पहिचान र आत्मस्विकारोक्ती जरुरी छ ।
पाँच बर्षे प्रधानमन्त्री र स्थिर सरकार हामीले दिन नसकेपछि आजित मतदाताले यसपटक अर्कोतर्फबाट स्थिरता भेट्न सकिन्छ कि भन्ने मन बनाए । हाम्रो पराजयको एउटा कारण यो पनि थियो ।
तर दल, सरकार र नेतृत्व सबै रुपान्तरित हौ भन्ने नागरिक सन्देश आत्मसात गरेर रुपान्तरणको प्रारम्भ हामीले गरेनौं । ०७९ को संघीय निर्वाचनपछि पनि हामीले बदलिन शुरु गरेनौं, रुपान्तरण र परिमार्जनका प्रस्तावहरु पार्टीभित्र आए तर तिनलाई कि निषेध गरियो कि नजरअन्दाज । जेनजी बिद्रोहमा असन्तुष्टिको ज्वाला बिस्फोट भएपछि पनि हामीले ‘आपतकालीन स्थिति’ ठहर गर्दै पार्टीभित्र परिवर्तनको ढोका खोलेनौं । करीब सवासय दिन आन्तरिक बहसमा खेर फाल्यौं ।
यसरी शुरुमा तीन÷साढे तीन बर्ष अनि अन्तिममा सवासय दिन खेर फालेर, अहिले हामी हिसाब खोज्दैछौं– बिशेष महाधिवेशन पछि बाँकी बचेको केवल ५० दिनमा परिणाम हाम्रो पक्षमा किन आएन ? यो प्रश्न सोझै खारेज योग्य छ । भावनात्मक आवेग र पुर्वाग्रहमुक्त भएर हामीले विगतको केस्राकेस्रा केलाउनै पर्छ, तब मात्रै वर्तमान पराजयको वस्तुगत समिक्षा हुन सक्दछ र तब मात्रै भविष्यका लागि सहि मार्ग प्रशस्त हुन सक्दछ ।
दुई दलको सरकार बन्दा ७ बुँदे सम्झौता उल्लेख थियो– संविधानमा समयानुकूल संशोधनको बिषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिनमा ढिलाइ रहिरह्यो । विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनु पर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारी सम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने । यी सबले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो । बजेट निर्माण गर्दा अर्घेल्याँई भएको भन्दै चर्को असन्तुष्टि संसदमै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।
सामाजिक संजाल सम्बन्धि विधेयक राष्ट्रिय सभामा दर्ता गर्दा गठबन्धनमा कुनै सल्लाह भएको थिएन । हठात् सामाजिक संजाल बन्द गर्ने निर्णय गठबन्धनको सहमति बेगर आयो । गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने कर्ममा हात हाल्ने गतिविधिले दुष्परिणाम जन्माउने हेक्का राखिएन । फलत त्यसले जेनजी बिद्रोहका लागि जमिन तयार ग-यो, अनि अहिलेको पराजयका लागि वातावरण ।
विश्वविद्यालयको नेतृत्व, राजदुत नियुक्ति र कयौं संवैधानिक नियुक्तिमा भागबन्डा । कयौं सामाजिक संघसंस्थाहरु राजनीतिकरणबाट प्रभावित भए । योग्य व्यक्तिहरु पुग्दा कैयन संस्थाले प्रगति पनि गरे तर आम रूपमा सर्वत्र राजनीतिकरणले सकारात्मक सन्देश दिएको थिएन । नागरिकमा असन्तुष्टि बढाउन त्यसले नकारात्मक योगदान पु¥याएको थियो ।
सक्रिय शासकीय राजनीतिबाट बिदा लिन सम्मानजनक बहिर्गमनको ‘एक्जिट पोलिसी’ को प्रस्ताव पार्टीभित्रै निषेधमा परेको थियो । निश्चित समयपछि नेतृत्वलाई पदिय राजनीति भन्दामाथि उठाएर सम्मानित छवि नबनाइदिँदा जे नकारात्मक छवि बन्न पुग्यो, त्यसले समग्र राजनीतिलाई असर ग-यो र निर्वाचनमा पनि गम्भीर असर पु-यायो ।
भ्रष्टाचार नियन्त्रणका लागि मुख्य कानुनहरु सबै कांग्रेसको नेतृत्वमा बनेका थिए । ती कानुन अन्तर्गत कांग्रेसकै नेतृत्व तहका कयौं कठघरामा पुगेका थिए । तर अपेक्षित गतिमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित हुन नसक्नु देशको प्रगतिको ठूलो बाधक बनेको थियो । निर्वाचनमा प्रतिकुल परिणाम आउनमा यो ज्वलन्त मुद्दाको गम्भीर असर थियो ।
प्रशासनिक ढिलासुस्तीदेखि समग्र क्षेत्रमा ढिलासुस्तीले नागरिक प्रताडित थिए । यसलाई अन्त्य गर्न हामीले सुविचारित योजना र कार्यक्रम बनाउन पनि ढिलासुस्तीनै ग¥यौं । यसको असर निर्वाचनमा प¥यो, आजित मतदाताले हाम्रो जीत रोज्न चाहेनन् ।
यहि अवधीमा देशले भुकम्पका कारण हजारौं आफन्त गुमायो, अर्बौंको संरचनामा क्षती भोग्यो ।
(३५ बर्षमा देशमा केही पनि भएन भनेर झुठ र निराशाको भाष्य जे व्यापक बनाइयो, त्यसलाई चिर्न नसक्नु हाम्रो पराजयको एक प्रमुख कारण थियो)
मुलुकको अर्थतन्त्र निश्चयनै चुनौती झेलिरहेको थियो । तर क्रमशः सम्हालिंदै लयमा आउँदैछ भन्ने विश्वास र आत्मविश्वास हामीले बजारमा बिस्तार गर्न सकेनौं । डुबिंदैछ, डुब्दैछ, ढल्दैछ, सकिँदैछ, टाट पल्टिँदैछ जस्ता अन्यौल, आतंक र निराशा बजारमा ब्याप्त रहिरह्यो । देश डुब्दैछ, डुबाउने यी हुन्, देश जोगाउनु पर्छ र जोगाउने यी हुन् भन्ने भ्रमको मानसिकता सुषुप्त रुपमा कयौंको मानसिकतामा बसेको थियो ।
लोकप्रियतावादको लहर पछिल्लो डेढदशक यता विश्वव्यापी रुपमै बढेको यथार्थ आत्मसात गर्दै त्यसको चपेटामा नेपाल पर्नसक्छ भन्ने अनुमान गरेर पनि त्यसलाई गम्भीर रुपमा लिन नसक्नु हाम्रो सबैभन्दा ठूलो गल्ती रह्यो ।
फागुन २१ को निर्वाचन बारे भविष्यमा लेखिनेछ– त्यो निर्वाचन समग्रतामा विचार, सिद्धान्त, मुद्दा, भिजन र व्यक्तित्व बिचको प्रतिस्पर्धा थिएन । त्यो बेला केवल असन्तुष्टि, आवेग र निराशालाई कच्चा पदार्थ बनाएर मत उत्पादन गर्ने कर्म भएको थियो । मतदाताले कैयन ठाउँमा उम्मेदवार चिनेनन्, तर मत दिए । धनुषाको एक क्षेत्रमा उम्मेदवारी खारेज थियो, तर मतदाताले उम्मेदवार खोजेनन्, मत दिए ।
लोकप्रियतावादले विश्वव्यापी रुपमा करिब–करिब एउटै स्वरुप र शैली प्रस्तुत गर्दै आयो । लोकप्रियतावादको विश्वव्यापी रुपमा दुई वटा देखिएको छ । पहिलो –पुराना सबै खराब । दोस्रो– हामी आएपछि सब ठिक हुन्छ । यहि दुई ‘स्टोरी’ लाई ब्यापकतम सम्प्रेषण गर्ने अनि पुराना सबैलाई खलनायकका रूपमा चित्रण गरेर, कोहि एक नायकलाई चमत्कारी व्यक्तित्वका रुपमा अघि सार्ने ।
अन्ततः ‘एक पटक नयाँलाई हेर्ने’ लोकप्रियतावादको लहरले छपक्कै छोप्यो हाम्रा आदरणीय मतदाताको निर्दोष मनोबिज्ञानलाई ।
आजको दुनियाँमा कुनै पनि मान्छेलाई उपनिवेशको स्वबन्धनमा पु-याउने सबैभन्दा भीषण अस्त्र बन्न पुगेको छ, एल्गोरिदम । यसलाई भत्काउन नसक्नु हाम्रो पराजयका विविध कारण मध्ये एक मुख्य कारण बन्न पुग्यो । आगामी दिनमा एल्गोरिदमबाट नागरिकलाई ‘स्वतन्त्रता’ दिलाउन हामीले राजनैतिक, सांगठनिक र प्राविधिक तिनवटै सन्दर्भमा दुई कदम अगाडि सोच्नु र मुभ गर्नुछ ।
गाउँमा सडक पु-याउने जिम्मेवारी सरकारको हो, गाउँमा जुत्ता पु-याउने दायित्व सरकारको होइन निजी क्षेत्रको हो । बस यत्ती सामान्य कुरा बुझाउन नसक्दा हामी आलोचित रह्यौं । जुत्ता उत्पादनबाट सरकार अलग्गिएर, निजि क्षेत्रलाई भित्र्याएको विषयले रोजगारी, उत्पादन र राजस्वमा समेत वृद्धि भयो । तर यो वास्तविकता बुझाएर नागरिकलाई विश्वासमा लिन सकिएन ।
निजी क्षेत्रलाई प्रवेश गराएका कारण आज विद्युत उत्पादनको दुई तिहाई हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ । जसले गर्दा गाउँ–गाउँका घरहरूसम्म बिजुली पुगेको छ र शहरका सडकमा विद्युतीय सवारी गुडेका छन् । दर्जनौं बैंक र सयौं अन्य वित्तीय संस्था, अस्पतालहरु, शैक्षिक प्रतिष्ठानहरु, संचार माध्यमहरु, ती मार्फतका व्यवसायिक अवसर, रोजगारी र राजस्व यी सबै कांग्रेसले लिएको नीतिको जगमा भएका उपलब्धि थिए । तर निजी क्षेत्रको यत्रो विकास र बिस्तारको श्रेय हासिल गर्न हामीले सकेनौं, बरु यसै सन्दर्भमा पनि आलोचनाको शिकार कांग्रेसलाई बनाइयो । चुनावमा परेका अनेकन असर मध्ये यो पनि थियो । चिर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।
वैदेशिक रोजगारी तत्कालीन नेपालको बाध्यता थियो, यो वास्तविकता कसैले बोल्न चाहेन । आजको दुनियाँकै एक तितो यथार्थ हो यो र देश अझै केही बर्ष यो बाध्यताबाट गुज्रन बाध्य छ भन्ने तथ्य कसैले बुझ्न र बुझाउन चाहेन । उसो भए के अब अन्त्य हुन्छ वैदेशिक रोजगारी ? यो प्रश्नको जवाफ दिन अब कोहि अघि सर्ने छैन, तर निर्वाचनमा यसले गर्ने असर गरिसकेको छ । हामी पराजित हुनुका पछिल्तिर एउटा कारण यो बनिसकेको छ ।
गैर आवासीय नेपाली नागरिकताको संवैधानिक बन्दोबस्त मिलाउन सबैभन्दा प्रष्ट र बलियोसँग उभिने नेपाली कांग्रेस थियो । गत निर्वाचनको प्रतिज्ञा पत्र बोल्छ– कुनै पनी दलभन्दा दृढ र स्पष्ट नेपाली कांग्रेस थियो । एक पटकको नेपाली, सधैंको नेपाली भन्ने गैर आवासीय नेपालीको नारा र भावनालाई पार्टीको प्रतिज्ञा पत्रमा उल्लेख गरेर नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा, दोहोरो करको अन्त्य र मतदानको अधिकार सुनिश्चित गर्दै विदेशमा रहेका नेपालीको हित संरक्षणमा हामी तुलनात्मक रुपले बलियो रुपमा उभिएका थियौँ । तर हाम्रा दृष्टिकोण र प्रतिबद्धताले भन्दा ‘बिदेशमा रहेका सबै नेपाली स्वदेश फर्किने÷फर्काउने’ मनोबिज्ञानले सजिलोसँग प्रभाव छोड्यो । परिवारजनको मनमनमा त्यो पुगेको पु-याइएको थियो । त्यो मन क्रमशः लाखौं मतमा बदलियो ।
पार्टीका सबै तहको पुनर्संरचना गर्नुपर्ने, भ्रातृ संस्थाहरु बर्ग र बिषय केन्द्रीत बनाउने, तिनको महाधिवेशन वा विघटन रोज्नुपर्ने, जनसम्पर्क समितिहरुको नवीन संरचना विकास र बिस्तार गर्नुपर्ने, कृयाशिल सदस्यतालाई संख्यात्मक आकारमा भन्दा नयाँ शुरुवातका साथ गुणात्मक व्यवस्थापन र भुमिकामा बदल्नुपर्ने, ज्वलन्त सामाजिक रुपान्तरणका प्रश्नहरूमा पार्टी गतिविधि केन्द्रीत गर्नुपर्ने, युवामैत्री अभियानहरु र समुदायमा कांग्रेसको अवधारणा मार्फत सम्पुर्ण रुपले पार्टीको ढांचा र ढंगमा रुपान्तरण निश्चित गर्नुपर्ने । गत निर्वाचनले हामीलाई दिएको सन्देश हुन् यी, ताकी नवीन चुनौती सामना गर्न सम्पूर्ण रुपले नवीन स्वरुपमा कांग्रेस अघि आउन सकोस् ।
बिशेष महाधिवेशनको विपक्षमा रहनु व्यक्तिको स्वतन्त्रता थियो । तर रूख चिन्हको उम्मेदवारलाई सघाउने कुरा विशेष महाधिवेशनसँगको विमति या अन्य कुनै पनि बहानामा पन्छाउन मिल्ने कुरा थिएन । आफु पटक–पटक उम्मेदवार बनेको क्षेत्रमा एकपटक अर्को साथी उम्मेदवार बन्दा विजयका लागि सघाउनु सामान्य नैतिक दायित्व थियो ।
तर कतिपयले मौन बसेर ‘साइलेन्स किलिङ’ को भुमिका निभाउनु भयो, कतिपयले तदर्थता अनि कतिपयले ‘स्याबोटेज’ को कर्ममा सक्रियता राख्नुभयो । पार्टीलाई यसले सामान्य असर त ग¥यो नै, सबैभन्दा ठूलो असर सम्बन्धित व्यक्तिकै आगामी राजनीतिलाई पु¥याएको छ । मौनता र निष्क्रियता उपर नैतिक प्रश्न उठिरहेको छ नै, असहयोगको भुमिका अनुशासनको छानबिन दायरामा छँदैछ ।
सभापतिको राजीनामा अस्विकृत गर्ने प्रस्ताव
३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ती हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ । यो अत्यन्तै सकारात्मक छ ।
४) बिशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो । अतः पराजय व्यहोरेको भएपनि बिशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अब्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।
५) प्रतिकुल अवस्था बिच चुनावमा जाँदा परिणाम अनुकुल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शुन्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ । पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समिक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।
६) उसबेला बिशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पंक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा एक्यवद्ध भएर पु-याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।
७) बर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पु-याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।