एमालेले टुंगो लगायो वागमती प्रदेश सरकार पठाउने मन्त्रीहरुको नाम

दक्ष खबर 16581+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

हेटौंडा । नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको हो । 

एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।

दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर छन् । उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार