भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

GrihaSewa Pvt.Ltd. 53+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । 

भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार