राजनिति सगसगैँ सामाजिक कार्यमा सक्रिय वडाअध्यक्ष आशामान, वडावासीकाे उपचारमा चनाखाे

दक्ष खबर 16456+ समाचार ( )
स्थानिय राम माया कपाली उपचारका लागि नेपाल भारत मैत्री अस्पताल भर्ना
२३ अशोज २०८०, मङ्गलबार

काठमाडौँ । उपचारको अवाभमा रहनुभएकी काठमाडौँ महानगर पालिका वडा नम्बर ८ की स्थानिय बासिन्दा राम माया कपालीको उद्धार गरि उपचारका लागि नेपाल भारत मैत्री अस्पताल लगिएको छ । 

मंगलबार मानव कल्याण समाजमा व्यवारिसे अवस्थामा रहेकी कपालीको काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत एवं नेपाल भारत मैत्री अस्पतालका एड्मिन डाइरेक्टर विकास रौनियार लगायतको पहलमा उद्धार गरि उपचाथ उहाँलाई अस्पताल पुयाईएको हो । 

उहाँको व्यवारिसे अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिका ८ तथा नेपाल भारतमैत्री अस्पतालले नि शुक्ल रूपमा उपचार गराउने बताइएको हो । पशुपति क्षेत्र विकास कोषले जग्गा अधिग्रहण गर्दा कपाली बसोवास गर्दै आइरहेको जग्गा समेत परेको     र त्यसपछि घरबार विहिन कपाली पशुपति परिसरमा रहेको  मानव कल्याण समाजमा बस्दै आइरहनुभएको थियो । 

उद्धार कार्यमा आफै खटिनु भएका काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, स्थानीयवासिन्दाको व्यवारिसे अवस्थालाई मध्यनजर गर्दै वडामा जानकारी आएपछि उहाँको अवस्था बुझेर उपचारको लागि निशुक्ल रूपमा नेपाल भारत मैत्री अस्पताल पुर्याइएको बताउनुभया ।


उहाँले, मानव कल्याण समाजको नाममा सञ्चालित आश्रममा उहाँको दयनीय अवस्था तथा ब्रेड सोल भएर मृत्युुलाई कुरेर बसिरहनु भएकी कपालीको अवस्था आफ्नो जानकारी आएपछि उहाँको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले मानव कल्याण समाजमा अस्तव्यस्त रुपमा बसिरहेको अवस्थामा नेपाल भारत मैत्री अस्पतालको एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको र थप उपचारको जिम्मेवारी अस्पतालले लिएको जानकारी दिनुभयो । 

त्यस्तै, नेपाल भारत मैत्री अस्पतालका एड्मिन डाइरेक्टर विकास रौनियारले, आफुहरूले व्यवारिसे अवस्थामा रहेका मानव कल्याण समाज पशुपतिमा रहानुभएको बिरामिको निशुक्ल रूपमा उपचार गरिरहेको र वडा अध्यक्षबाट जानकारी आए पश्चात् उहाँको अवस्था बुझेर थप उपचारको लागि अस्पताल ल्याइएको उहाँले बताउनुभयो । उहाँले, बिरामी शारीरिक  रूपमा पूर्ण अशक्त रहनु भएको र उहाँको अपरेसन सहित थप उपचार अस्पतालले निशुक्ल रूपमा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

त्यस्तै, नेपाल भारत मैत्री अस्पतालले विभिन्न समयमा असाहाय तथा व्यवारिसे अवस्थामा रहेका बिरामीहरूको उद्धार तथा उपचार गरि सम्बन्धित निकायलाई व्यक्तिहरू पठाउने गरेको छ । यस्तै काठमाडौँ महानगरपालिका वडा ८ ले अशक्त अशाहाय बिरामीहरुलाई सहज रुपमा सेवा प्रवाह गरिरहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार