अबको राजनीतिमा ढाकछोप होइन, जवाफदेहितामा टेकेर अघि बढ्नुपर्छ : सुनिता डंगोल

दक्ष खबर 16456+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग भएको बताउनुभएको हो ।

उहाँले, यस्तो लेख्नुभएको छ, "राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।

जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो। आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निश्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक छ। 

सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौं। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो। अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरुले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।

इमान्दार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित हामीले स्वमूल्याङ्कन गर्नुपर्छ र एकजुट भई सहिदको बलिदानलाई न्याय दिनुपर्छ। र पुनर्निर्माणमा जुट्न हामी सबैको दायित्व हो । नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔं ।"

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार