भौतिकमन्त्रीको कानमा बतास पसोस् : एमाले सांसद बास्कोटा

दक्ष खबर 16534+ समाचार ( )
२९ पौष २०८१, मङ्गलबार

काठमाडाैँ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताउनु भयो । उहाँले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौंका उपभोक्ताहरुलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर सरकारले बनाओस् । अगामि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’

काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार