चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको १४औँ नगरसभा सुरु हुनासाथ नारावाजी सुरु भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरको आगमी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न उपप्रमुख सीता थापालाई समय दिए लगत्तै कांग्रेस र एमालेबाट निर्वाचित आठ वटा वडामा प्रतिनिधिहरुले नारावाजी सुरु गरेका हुन् ।
उपप्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेकपा एमाले र नेपाली काङ्रेसबाट निर्वाचित ८ वटा वडाका अध्यक्ष र वडा सदस्य हरुले विरोधगरेका छन् । कालो पट्टि सहित नाराबाजी गर्दै बिरोध जनाएका हुन ।
अबरोधका बिच पनि उप प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको र प्रस्तुत पछि नगर प्रमुख कृष्ण प्रसाद सापकोटा केही दिन भित्र थप छलफल गरी नीति, कार्यक्रम र बजेट अनुमोदन गर्ने जानकारि गराए ।
असक्षम नगर सल्लाहकारले नगरपालिकाको बजेट निर्माण गरेको, समानान्तर सरकारको अभ्यास गरेको, बिषयगत बजेट ब्रेकडाउन नगरी वजेट प्रस्तुत गरेको, वडाको लागि दुई लाख वजेट सिलिङ कायम गर्नुपर्ने लगायतका माग सहित सभामा नारावाजी गरेका हुन् ।
एकलौटी रुपमा कार्यपालिका तथा नगरसभा संचालन गर्ने र आफ्ना मागहरु सम्वोधन नभए निरन्तर आन्दोलन गर्ने वडा -५ का अध्यक्ष शिव श्रेष्ठले जानकारि दिए ।
https://www.facebook.com/watch/?v=3873839406205565