रक्तविनायक गणेश, चामुण्डा देवी भगवती, महाँकाल भैरवको रथयात्रा सम्पन्न (तस्विरसहित)

दक्ष खबर 16558+ समाचार ( )
२२ फाल्गुन २०८१, शनिबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेको चामुण्डा मन्दिरमा चैत्र अष्टमीका दिन जात्रा निकालिएको छ । आज श्री रक्तविनायक गणेश, श्री चामुण्डा देवी भगवती, श्री महाँकाल भैरवको रथयात्रा निकालिएको हो । 

उक्त रथयात्रा गोकर्णेश्वरका विभिन्न टोलहरूमा घुमाई पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको थियो । 

‘जात्राको ऐतिहासिकता लिच्छविकालिन रहेको र करिब ४० वर्ष अगाडीबाट यसलाई रथयात्रा सहित अगाडि बढाईएको थियो । यसको संरक्षणमा नगरपालिकाले काम गरिरहेको छ,' नगरप्रमुख दिपक रिसालले बताउनुभयाे । 

उहाँले, 'हाल १ करोड ६० लाखको लागतमा मन्दिरपरिसरमा रहेकाे राणाकालीन भवनको पुनः निर्माण गरिएको बताउनुभयाे ।'

खटहरू तीनजवटा रहेकाे र दुईवटा चामुन्डा र एउटा भैरवको रथ रहेकाे बताउदैँ नगर भित्रका विभिन्न १० भन्दाबढि मन्दिरहरू परिक्रमा गराइएको बताउनुभयाे ।

उहाँले जात्रा पर्व सहित मठमन्दिर निर्माण कार्य एवं ऐतिहासिक जात्रा संरक्षणमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका निभाइरहेको बताउनुभयाे । 

त्यस्तै, प्रतिनिधिसभा सदस्य सन्ताेष चालिसेले, 'जात्रा पर्वकाे संरक्षणमा तिनै तहका सरकारकाे भुमिका उत्तीकै रहेकाे बताउनुभयाे ।'

उहाँले, मूर्त तथा अमूर्त सम्पदाकाे  संरक्षणमा सबैकाे उत्तिकै साथ र सहयाेग हुनुपर्नेमा चालिसेले जाेड  दिनुभयाे । 

खटलाई पञ्च बली सहित विभिन्न विधिबाट पुजाआजा गरिएको थियो । जात्रामा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार