काठमाडाैँ । नेपाल विधार्थी संघ (नेविसंघ) ले क्यान्डिल वाक गरेको छ । आज नेपाल विधार्थी संघ काठमाडौँ जिल्ला समितिले क्यान्डिल वाक आयोजना गरेको हो ।
नेविसंघले प्रधानमन्त्रीलाई पत्र अभियान तथा अन्य आन्दोलनका मार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञताका आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भनेर निरन्तर आन्दोलन गरेको थियो ।
त्यसपश्चात शिक्षा मन्त्रालयले दर्खास्त हाल्न १५ दिनको समयसीमा दिँदै सुचना आव्हान गरेको थियो। यस कदमलाई स्वागत गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप तथा दलीयकरणको अन्त्यको लागि आशा जगाएको तर यो प्रक्रियाले सहि नतिजासम्म नपुग्न्जेल निरन्तर दवाब सिर्जना गर्ने नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले जनाएका छन् ।
‘आशाको दीप बलेको छ, हामी सजग छौं, यसलाई निभ्न दिनेछैनौ भन्दै साझ ५ बजेबा आज कान्तिपुर सिटि कलेज पुतलीसडकबाट बसन्तपुर सम्म हातमा क्यान्डल (मैनबत्ति) लिएर हिडेर सांकेतिक विरोध गरेका छन् ।