काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ ले नवनियुक्त गोकर्णेेश्वव नगरपालिकाका जनजाति संयोजक फुर्साङ लामा तामाङ्गलाई सम्मान गरेको छ ।
नगरपालिकाले एक पत्र जारी गर्दै गोकर्णेेश्वव नगरपालिकाको जनजाति संयोजकमा फुर्साङ लामा तामाङ्गलाई नियुक्त गरेको हो ।
सम्मान कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै फुर्साङ लामा तामाङ्गलाई बदाई ज्ञापन गर्नुभएकाे हाे । उहाँले नगरपालिकाले व्यक्ति चिनेर नै जनजाति संयोजकमा लामालाई नियुक्त गरेको समेत बताउनुभयो ।
नवनियुक्त जनजाति संयोजक फुर्साङ लामा तामाङ्गले सबै सँगको सहकार्यमा आफु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।