घरबाट निस्कने फोहोर कम्पाउण्डभित्रै राख्नुस् : काठमाडौँ महानगर

दक्ष खबर 15665+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोरमैला घर कम्पाउण्डमा सुरक्षित राख्न आग्रह गरेको छ ।

महानगरपाकिाकाले आज एक सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित गरेर राख्न आग्रह गरेको हो ।

महानगरले बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको जनाएको हो ।

महानगरले अर्को सूचना प्रकासित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गरेको छ । साथै, सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार