काठमाडाैँ । नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ ।

तिहार लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो ।
काठमाडौँको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।