बौद्धनाथ महाचैत्यको प्रवेशद्वार सर्वसाधारण र विदेशी पर्यटकहरुको लागि खुल्ला

दक्ष खबर 16534+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्यको प्रवेशद्वार सर्वसाधारण र विदेशी पर्यटकहरुको लागि खुल्ला गरिएको छ । बौद्धनाथ क्षेत्रमा आउने पर्यटक र सर्वसाधारणका लागि महाचैत्यको प्रवेशद्वार खुल्ला गरिएको हो ।

पहिले माथिको खुड्किला (लोटस प्लेट) सम्म गएर महाचैत्य घुम्न दिने गरिएकोमा कोरोना पछि बन्द गरिएको थियो ।  बौद्ध नाथ महाचैत्यको प्रवेश द्वारमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले ताला लगाएको र आफ्नो पाउनाहरुलाई मात्र प्रवेश गराउदै आएको दर्शनार्थी, पर्यटक तथा भक्तजनको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार बौद्धनाथ क्षेत्र विकास समितिको  अध्यक्ष राजकुमार लामाको नेतृत्व तथा पहलमा ताला खोलिएको हो ।

काठमाडौं महानगरपालिका वडा-६ का प्रतिनिधि, प्रहरी वृत बौद्धको प्रतिनिधि, श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्तीमाया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा, शैलेश श्रेष्ठ, लगायत स्थानीयको रोहवरमा लगाइएको ताला खोलि स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरुलाई विचरणको लागि लोटस प्लेटसम्म  खुल्ला गरिएको समितिले जानकारी गराएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार