काठमाडौँ । सगरमाथा आरोही एवं कलाकार छिरिङ शेर्पा सम्मानित हुनु भएको छ । बज्रकिल्या प्रोडक्सन प्रा.लि.ले शेर्पालाई लाक्पा शेर्पा युथ आईकन सम्मानले सम्मानित गरेको हो ।
सगरमाथा आरोही कलाकार छिरिङ शेर्पालाई विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा आवद्ध भई नेपाली कलाकारीता क्षेत्रको विकास र प्रवद्धनमा पुयाएको योगदानको उच्च मुल्यांकन गर्दै लाक्पा शेर्पा युथ आईकन सम्मानबाट सम्मानित गरिएको हो ।
वरिष्ठ गायक श्री लाक्या शेर्पाको साङ्गीतिक क्षेत्रमा ५०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित लाक्पा शेर्पा स्वर्णिम साँझ–२०८१ को समापन समारोहमा कलाकार छिरिङ शेर्पालाई सम्मान गरिएको थियो ।
सम्मानपत्र बज्रकिल्या प्रोडक्सन प्रा.लि.का अध्यक्ष तेन्जिङ भोटिया र ड्रग्स फ्रि सोसाईटी नेपालका अध्यक्ष सोनाम छिरिङ शेर्पाले हस्तान्तरण गर्नु भएको थियो ।