सहिदहरूको सम्झनामा जयवागेश्वरी मन्दिर परिसरमा नेपाली कांग्रेस वडा ८ को दीपप्रज्वलन
१६ पौष २०८०, मङ्गलबार
काठमाडौँ । समुदायमा कांग्रेस अभियान अन्तरगत नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा ८ ले दीप प्रज्वलन गरेको ।
शहिद दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बिच जयवागेश्वरी मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको हो ।
हरेक वर्ष माघ १६ गतेलाई विभिन्न सहिदहरूको सम्झनामा सहिद दिवस मनाउदैँ आइरहिएको र नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको परिपेक्षमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा ८ कार्यसमिति सभापति एवं वडा अध्यक्ष आशामान संगतले बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।