थपियो नाटक ‘गंगालाल’को शो, फागुन ५ सम्म मञ्चन हुने

दक्ष खबर 15671+ समाचार ( )
२९ पौष २०८०, सोमबार


काठमाडौँ । शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक गंगालालको मिति थपिएको छ। माघ २९ सम्म मञ्चन हुने भनिएको नाटकमा बिस्तारै दर्शक बढिरहेकाले मिति थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए। सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित गंगालाल नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरको दाबी छ। विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए।

नाटक गंगालालमा सहिद धर्मभक्तसहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्यगणेशमान सिंह र  कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्। यस नाटक स्कुलका बिद्यार्थी , शिक्षक , राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक/निर्देशक चे बताउछन्  

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न सुरू गरिएको यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो। नाटकमा कलाकारहरू निर्भीकशकु शाहइनारा बानुदीपक छल्दंग्यासन्दिप डंगोलप्रदिप कुमार चौधरी,  निरज दाहालविश्वास मानन्धर,  ऋषिकेशकृमु एडेन बात्रीएलिजा तुम्बापोरेवन राईरोशन चन्दले अभिनय गरेका छन्। ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन्

नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ भने यो शैक्षिक बिषयसँग जोडिएको नाटक भएकोले स्कुलका बालबालिका र शैक्षिक संस्थाहरुले अनुरोध गरेमा भिन्न-भिन्न समयमा पनि मञ्चन गरिने निर्देशक बताउँछन् निर्देशक चे शंकरले यसअघि निर्देशन गरेका कोही किन बरबाद होस् , म्याड म्यान्स डायरीलुक ब्याक इन एंगरसेम टाइम नेक्स्ट इयरउलार’ नाटक रुचाइएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार