कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु, ४७ जना घाइते

दक्ष खबर 15668+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

काठमाडौँ । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका स्थीत कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

उनका अनुसार झड्पका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

उनले भने,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको  मृत्यु भइसकेको छ । ४७ जना घाईते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’ 

कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार