जादाजादैँ कतारका अमिरले भने, 'आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !'

दक्ष खबर 12604+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिनुभएकाे छ।

अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिनु भएकाे हाे ।  

उहाँले भ्रमणका क्रममा आफुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्‍याउने लगायतका विभिन्न साझेदारहरू सहित सुदृढ गर्ने बारे छलफल भएको बताउनु भएकाे छ । अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएकाे समेत बताउनुभएकाे छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार