एच.पि.भी. खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला

दक्ष खबर 12266+ समाचार ( )
१६ माघ २०८१, बुधवार

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ । सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो ।

सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताउनु भयो । उहाँले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताउनुभयो ।

उहाँले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिनुभयो । खोप लगाउने अवधिभित्र विद्याल यमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बतउनुभयो । उहाँले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहनु हुने बताउनुभयो । मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताउनुभयो । उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेका छौँ । ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुग्नुभएन भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’ 

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताउनु भयो । सरकारले आउँदो माघ २२ गतेदेखि एच.पि.भी. खोप अभियान शुरु गर्दैछ । न्युज एजेन्सी नेपाल


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार